आइतबार, साउन २४, २०८३

विमानबारे 'क्लु' पाएपछि पछ्याउँदै सैनिक टोली

आज बिहानदेख सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भनेर स्थानीयले जानकारी दिएको नेपाली सेनाले बताएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– आज बिहानदेख सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भनेर स्थानीयले जानकारी दिएको नेपाली सेनाले बताएको छ। 

हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी स्थानीयले खबर गरेको नेपाली सेनाका एक अधिकारीले बताए। त्यहाँ जहाज दुर्घटना भएको सूचना आएपछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको उनले बताए।

पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन छ। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज अपरान्हको साढे चार बजिसक्दा पनि सम्पर्कमा आएको छैन।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए। उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक पनि यात्रारत थिए।

यसैबीच जोमसोमका होटल व्यवसायी बुद्ध लालचनले फेसबुकमा एक तस्बिर राख्दै तारा एयरको जहाज दुर्घटनास्थल हुन सक्ने बताएका छन्। तस्बिरमा हिमाली खर्कभन्दा माथिको डाँडामा आगोको ज्वाला र धुवाँ उडिरहेको देख्न सकिन्छ। लालचनले फेसबुकमा तारा एयरको जहाज आगालागी भएको र दुखद् घटना भएको भन्दै राखेका छन्।

नेपाली सेना र मुस्ताङका प्रमुख जिल्ला अधिकारीले पनि उक्त तस्बिरबारे जानकारी आएको र खोजीका लागि गएको सुरक्षाकर्मीको टोली गइरहेको बताएका छन्। 

प्रकाशित: May 29, 2022| 16:28 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।