आइतबार, साउन २४, २०८३

सम्पर्कविहीन विमान खोजीका लागि हेलिकोप्टर परिचालन

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

आज (आइतबार) बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। विमान अवतरण गर्ने समय भइसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको पुष्टि नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

जहाजमा १९ जना यात्रु रहेको बताइएको छ। विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको हो। 

विमान पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने विमान ११ बजिसक्दा पनि सम्पर्कमा नआएपछि खोजी सुरु भएको हो।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। साथै जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए।


प्रकाशित: May 29, 2022| 11:16 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।