आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुभवी पाइलट र युवा को-पाइलटले उडाएका थिए तारा एयरको विमान

अनुभवी पाइलट र युवा को-पाइलटले उडाएका थिए तारा एयरको विमान

आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म फेला परेको छैन।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म फेला परेको छैन।

जहाजमा चालक दलका तीनजना सदस्य र १९ जना यात्रु छन्। ताराको ९ एन एईटी ट्वीनअटर विमानका चालक प्रभाकर घिमिरे हुन्। नेपाली अकाशमा लामो समय उडान गरेको अनुभव उनीसँग छ। उनी इन्स्ट्रक्टर पाइलटसमेत हुन्।

विमानका को–पाइलट भने उत्सव पोखरेल हुन्। २५ वर्षीय पोखरेल रुकुम पश्चिम चौरहजारी नगरपालिकाका हुन्। अविवाहित पाखेरेल फिलिफिन्सको रोयल फ्याई एकेडिमीबाट ग्राजुएट गरेर एक वर्ष अघिमात्रै नेपाल फर्किएका थिए। 

उनले ३० अप्रिल २०२१ देखि तारा एयरको जहाज उडाउन थालेको बताइएको छ। उनका दाइ उदीप पनि हाल पाइलट तालिमकै लागि फिलिपिन्समा रहेको पारिवारिक स्रोतले जनाइको छ।  उत्सवका आमाबुबा भने जाजरकोटस्थित एक सरकारी विद्यालयका शिक्षक हुन्।  

सम्पर्कविहीन जहाजमा ६ जना विदेशीसहित २२ जना सवार छन्। विमानको खोजीका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टर प्रयोग गरिएको छ। तर, अझै विमान फेला परेको छैन। 

प्रकाशित: May 29, 2022| 14:12 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।