शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ।

National life

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले सम्पर्क विहीन बनेको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको बताए। 

तारा एयरको ९ एनएईटी ट्विनअटर जहाजमा १९ यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्क विहिन विमानको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतको टोली परिचालन भएको जानकारी दिए। ‘विमान सम्पर्क विहिन भएको लामो समय भइसक्यो। हामीले खोजी कार्य जारी राखेका छौं। अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले भने। 

प्रकाशित: May 29, 2022| 11:29 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।