शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हराइरहेको जहाजका को-पाइलटले टेकअफ हुनुअघि बुबालाई गरेको त्यो कल

हराइरहेको जहाजका को-पाइलटले टेकअफ हुनुअघि बुबालाई गरेको त्यो कल

आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र, सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र, सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल। 

National life

बिहान ९ः५५ बजे जहाज पोखराबाट ‘टेकअफ’ हुने तयारीमा थियो। प्लेन उड्नु करिब ४ घण्टा अगाडि बिहानै उत्सवले जाजरकोटस्थित खंलगामा रहेका बुबा मणिरामलाई फोन गरेका थिए। मणिराम त्यहाँ रहेको नलगाड नगरपालिकामा श्रोत व्यक्तिका रुपमा कार्यरत छन्। जतिबेला छोराले फोन गरेका थिए, त्यतिबेला उनी खलंगाको रम्वामा होटलमा बसिरहेका थिए। अनि, उनीसँगै उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर गिरी पनि थिए। 

छोराको फोन उठाएर मणिराम लाउडस्पिकरमै बोले। ‘एकछिनपछि पोखराबाट जोमसोमको फ्लाइट छ, अब तयारी हुँदैछु,’ उत्सव र बुबाबीचको संवाद छेउमै रहेका मनबहादुर सुनिरहेका थिए। 

अहिले सोही जहाज बेपत्ता भएको खबर सुनेपछि मनबहादुर झसंग भएका छन्। ‘उनीहरुबीचको सुखद् वार्तालापपछि हामी दुई जना नलगाड दल्लीतिर हिँड्यौँ,’ उनले फेसबुकमा उनीहरुबीचको वार्तालाप राख्दै लेखेका छन्, ‘दल्ली पुगेको केही समयमा सर आत्तिँदै मकहाँ आएर छोराले चलाएको जहाज सम्पर्क बाहिर भएको खबर गर्नुभयो। मेरो मनमा पनि तनाव सुरू भयो र गाडीको व्यवस्था गरेर नेपालगञ्जतिर पठाइयो। भगवानसँग पुकार छ, बाबु उत्सवसहित सबै जना जीवित फेला परून्।’

बुझिएअनुसार मणिरामका दुई छोरामध्ये उत्सव कान्छा छोरा हुन्। २५ वर्षिय उनले दुई वर्ष पहिले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर तारा एयरमा जागिर सुरु गरेका थिए। त्यस्तै मणिरामका जेठा छोरा उदिप पोखरेल पनि यतिबेला पाइलट बन्नका लागि फिलिपिन्समा छन्।

Shivam cement

छोरा ‘को–पाइलट’ रहेको जहाज बेपत्ता भएको खबर सुनेपछि बुबा मणिराम यतिबेला नेपालगन्ज लागेका छन्। बिहानको संवाद नै अन्तिम नहोस्, सायद यही आशामा।

प्रकाशित: May 29, 2022| 17:15 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।