आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जहाज दुर्घटना भएको आशंका गरिएको गाउँपालिका अध्यक्ष भन्छन् – पानी परिरहेको छ, जानकारी लिने प्रयासमा छौं

जहाज दुर्घटना भएको आशंका गरिएको गाउँपालिका अध्यक्ष भन्छन् – पानी परिरहेको छ, जानकारी लिने प्रयासमा छौं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी जारी छ। बिहान करिब १० बजे पोखराबाट उडेको जहाज अझै सम्पर्कमा आएको छैन।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी जारी छ। बिहान करिब १० बजे पोखराबाट उडेको जहाज अझै सम्पर्कमा आएको छैन।

जहाज मुस्ताङको थासाङ गाउँपालिकास्थित लेतेमा दुर्घटना भएको आशंका गरिएको छ। अहिलेसम्म जहाजबारे यकिन जानकारी आउन सकेको छैन। लेते थासाङ गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ। 

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले विमान हराएको आशंका गरिएको स्थानमा पानी परिरहेको र बादल लागेको जानकारी दिए। उनले विमानका बारेमा जानकारी लिने प्रयास भइरहेको बताए। ‘विमान जहाँ हराएको आशंका गरिएको छ। त्यहाँ बादल लागेको छ। सिमसिम पानी परिरहेको छ,’ अध्यक्ष गौचनले भने, ‘हामी पनि जानकारी लिने प्रयासमा छौं। तर, अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन।’

प्रकाशित: May 29, 2022| 12:06 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।