आइतबार, साउन २४, २०८३

नेपाल समयले मनायो पाँचौं वार्षिकोत्सव

नेपाल समय मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल समय डटकम चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– नेपाल समय मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल समय डटकम चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा आइतबार नयाँ बानेश्वरस्थित नेपाल समयको कार्यालयमा एक कार्यक्रममा आयोजना गरियो।

कार्यक्रममा नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथ शाहले आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा धन्यवाद व्यक्त गर्दै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारीहरूप्रति आभार व्यक्त गरे।

निष्पक्ष पत्रकारिताप्रति नेपाल समय निष्ठावान रहेको र रहिरहने प्रतिबद्धता उनले व्यक्त गरे। कर्मचारी र पत्रकारको वृत्तिविकासका लागि संस्थाले कुनै कञ्जुस्याइँ नगर्ने प्रतिबद्धता अध्यक्ष शाहले व्यक्त गरे। सामाजिक सुरक्षाले पत्रकारको उत्पाकत्व बढ्ने भएकोले त्यसमा आफूले ध्यान दिने उनले बताए। साथै सम्पादकीय स्वतन्त्रतामा व्यवस्थापनको कुनै पनि किसिमको हस्तक्षेप नहुने स्पष्ट पारे।  

नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतले समाचार कक्षको साथले मात्रै संस्था अघि बढ्ने भन्दै पत्रकारको क्षमता अभिवृद्धिका लागि आफूले सधैं काम गर्ने बताए। उनले समाचार कक्षको अनुशासन र आफ्नो कामप्रतिको जिम्मेवारीमा पत्रकार कहिल्यै चुक्न नहुनेमा जोड दिए। 

नेपाल समय मिडियामा महाप्रबन्धक जीवन तिम्सिनाले समाचार कक्ष र व्यवस्थापनबीचको सहकार्यमा नै संस्थाको उन्नति सम्भव हुने बताए।  


प्रकाशित: May 29, 2022| 14:24 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।