आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेतेका वडाध्यक्ष भन्छन् – मिडियाले जहाज यतै दुर्घटना भयो भन्छ, तर केही पत्तो लाग्न सकेको छैन

लेतेका वडाध्यक्ष भन्छन् – मिडियाले जहाज यतै दुर्घटना भयो भन्छ, तर केही पत्तो लाग्न सकेको छैन

दुई घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको आशंका भइरहेको छ। लेते थासाङ गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– दुई घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको आशंका भइरहेको छ। लेते थासाङ गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ।

हामीले यसबारे बुझ्न लेतेमा पर्ने वडा नम्बर ३ का अध्यक्ष हरि प्रसाद गौचनसँग सम्पर्क गर्दा उनले अहिलेसम्म यसबारे यकिन केही खुल्न नसकेको बताए । ‘मिडियातिर यतै दुर्घटना भयो भन्ने खबर आइरहेको छ तर हामीले अहिलेसम्म केही थाहा पाउन सकिरहेका छैनौं,’ वडाध्यक्ष गौचनले भने, ‘वरिपरि सबै मान्छेहरुलाई फोन गरिरहेका छौं। त्यता दुर्घटनाबारे केही आवाज सुन्यौं भनेर पनि सोधिरहेका छौं। तर, कसैले त्यस्तो पत्तो पाएको बताएका छैनन्।’

त्यहाँ अहिले बाक्लो कुहिरो लागेका कारण टाढाको दृश्य देख्न पनि समस्या रहेको उनले बताए। पोखराबाट जोमसोमका लागि उडेको  जहाज करिब १० बजे पोखराबाट उडेको थियो। अझै सम्पर्कमा आएको छैन।

तारा एयरको पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको नाइन एन एईटी जहाज बिहान १०ः७ बजेसम्म शिख नजिकको आकाशमा रहँदासम्म सम्पर्कमा रहेको देखिन्छ। सम्पर्क विहीन भएको जहाजमा चालक दलका ३ जना सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन्।

यसैबीच, नेपाल नागरिक उड्ययन प्राधिकरणले तारा एयरको जहाज अहिलेसम्म बेपत्तै रहेको उल्लेख गरेको छ। प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छैन।

प्राधिकरणका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो र त्यसपछि सम्पर्कविहीन भएको थियो।


प्रकाशित: May 29, 2022| 12:40 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।