आइतबार, साउन २४, २०८३

लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

लमजुङ- लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ। मध्यनेपाल नगरपालिका-७ र ८ को सीमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा४ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो। सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीको भनाइ छ।

ज्यान गुमाउनेमा ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे र आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन्।

यस्तै अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाईंको ज्यान गएको छ। उनीहरूको ठेगाना भने खुल्न सकेको छैन।

प्रकाशित: May 29, 2022| 17:50 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।