पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन्।
'साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो,' उनले भने, 'मृतकको शव...
कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने उनको घोषणा छ।
भारतीय पक्षले सडक निर्माणका क्रममा भएको विस्फोटमा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए।
गएको असोज ३ गते राष्ट्रपतिबाट आममाफी पाएका हत्या आरोपीले छुटेको एक महिनामै अर्को हत्या गरेका छन्। चितवनको माडी ४ मा शुक्रबार राति ३४ वर्षीय जीवन नेपालीको हत्या गरेको आरोपमा नवलपुर...
पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका-२ मथारमा आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार गणेश पौडेलको निवास नयाँगाउँमा आइतबार बिहान बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ।