सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७ पटक म्याद थपिदिए पनि प्रचण्डका घरबेटीले बनाएनन् सडक, नेताले थाले धर्ना

७ पटक म्याद थपिदिए पनि प्रचण्डका घरबेटीले बनाएनन् सडक, नेताले थाले धर्ना

भक्तपुरबाट नगरकोट जाने सडक कमलविनायक भत्केको पाटीस्थित मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

भक्तपुर- भक्तपुरबाट नगरकोट जाने सडक कमलविनायक भत्केको पाटीस्थित मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन्।

National life

भक्तपुर–नगरकोट सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने वा निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग राख्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, निवर्तमान प्रमुख सोमप्रसाद मिश्र, अन्य जनप्रतिनिधिहरु, नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु, पर्यटन व्यवसायी र पीडित स्थानीयवासी सडकमै बसेर बुधबार धर्ना दिएका हुन्।

पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले निर्माण सुरु भएको आठ वर्षदेखि सडक अलपत्र पारेको, ७ पटक म्याद थपेर लागत बढाउँदा पनि निर्माण सम्पन्न नगरेको भन्दै धर्नामा बसेकाहरुले ठेकेदारलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।

सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्द गर्न माग गर्दै स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले सडकको बीचमा १५ ट्रक माटो थुपारेर सोमबारदेखि कुनै पनि सवारी साधन आवतजावत गर्न नसक्ने गरी अवरोध गर्दै आएका छन्। सडक अझै खुलेको छैन।

भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्रे, नाली, पर्खाल निर्माणलगायतको २० प्रतिशत काम बाँकी राखेर सडक अलपत्र छाडेको छ।

भ्याटसहित रु ३१ करोड ५२ लाख ९२ हजारमा सम्झौता भएको उक्त सडकको सरकारले सात पटक म्याद थप गरी चार करोड लागत थप गर्दै हाल सडकको लागत रु ३५ करोड ८७ लाख १८ हजार पुगेको छ।

यसअघि पनि नगरकोटवासीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका–६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।  -रासस

प्रकाशित: Nov 03, 2022| 08:09 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।