आइतबार, वैशाख ७, २०८२

संगीता धामी : सागमा स्वर्ण, निर्वाचनमा म्यादी

हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता धामी १३औं सागमा कुस्तीमा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन्।
 |  मंगलबार, कात्तिक १५, २०७९
nespernesper

रासस

रासस

मंगलबार, कात्तिक १५, २०७९

vianetvianet

महेन्द्रनगर- खेल क्षेत्रमा पछिल्लो समय उदीयमान खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी संगीता धामी आगामी ४  मंसिरमा हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छन्।

triton college

पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ। हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता धामी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन्।

‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौं, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भनिन्, ‘तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारी ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो।’

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुबाको घरमा बस्दै आएकी छन्। बाल्यावस्थामै बुबा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ।

‘आमाले भैंसी पालेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो’, उनले भनिन्, ‘अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु।’ धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौंमा स्वर्ण जितेर आइन्।

National life insurance
खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको माग छ। ‘पदक दिलाउने खेलाडीलाई पालिका स्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ’, उनले भनिन्, ‘शरीरमा ताकत हुँदा खेले पनि पछि गएर जीविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो।’

सागमा स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ। ‘सानैमा बुबाले आमालाई छाडेर जाँदा उहाँले लगाउने, खाने रहर अधुरै रह्यो’, धामीले भनिन्, ‘म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।’

संगीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र संगीता स्नातक तहमा अध्ययनरत छन्। ‘दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो’, उनले भनिन्, ‘अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर कसैले हौसला दिएनन्।’

खेलकुद र पढाइलाई निरन्तरता दिएकी संगीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोखिन्। ‘अन्तर्राष्ट्रिय पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आश थियो’, उनले भनिन्, ‘अहिले पनि यति ठूलो खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ।’

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उनको माग छ। ‘पदक दिलाउने खेलाडीलाई पालिका स्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ’, उनले भनिन्, ‘शरीरमा ताकत हुँदा खेले पनि पछि गएर जीविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो।’

उनले अन्य मुलुकमा अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताइन्। ‘अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु’, उनले भनिन्, ‘स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ।’

संगीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्ण विजेता खेलाडी हेमा भट्टलगायत पाँच÷६ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताए। 

‘सागको स्वर्ण जित्ने चेलीले आज जागिरका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन’, उनले भने, ‘अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौं।’ खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको उनको भनाइ छ।

नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए।

प्रकाशित: Nov 01, 2022| 13:31 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।