सोमबार, वैशाख २८, २०८३

भारतले नेपाललाई दियो चुनाव लक्षित २०० गाडी उपहार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारका तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप हस्तान्तरण गरेका हुन्।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– भारतले नेपाललाई निर्वाचन प्रयोजनार्थ उपहारस्वरूप २०० वटा सवारी साधन उपलब्ध गराएको छ।

National life

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारका तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप हस्तान्तरण गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा भारतले यी सवारीसाधन उपलब्ध गराएको हो।

यी सवारीसाधन चुनावको समय प्रयोगमा रहनेछन्। चुनावपछि १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २,००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समय २,४०० बढी सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: Nov 01, 2022| 13:52 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।