जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो।
जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ। त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ।
लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कथा दर्शाउने चित्र पुस्तक ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। डा. परिधि शर्मा र डा. अर्पणा पाठकले कोरेका चित्रहरू मण्डला र मिथिला शैलीबाट प्रभावित छन्।
टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ। चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ।