काठमाडौं– स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई रिक्त रहेका पदको विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले मातहतका २६ वटा निकायलाई पत्र पठाउँदै रिक्त रहेका पदको विवरण उपलब्ध गराउन भनेको हो।
स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त रहेका पदको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो। लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिकाअनुसार आर्थिक वर्ष २०७९/८० मा रिक्त पदको पदपूर्ति गर्ने प्रयोगनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्वास्थ्य सेवा विभाग, प्रतिष्ठान, अस्पताल तथा तालिम केन्द्रलाई पत्र पठाएको छ।