सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली करारनामा बनाइ ठगी गर्ने वीरगञ्जका अन्सारी पक्राउ

नक्कली करारनामा बनाइ ठगी गर्ने वीरगञ्जका अन्सारी पक्राउ

पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

विरगञ्ज- नेपाल प्रहरीले नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। 

अन्सारीले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगञ्जबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सो कार्यालयले जनाएको छ। 

प्रकाशित: Nov 04, 2022| 06:30 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।