काठमाडौं– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत रिचार्ड थम्पसनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई बालकोट पुगेरै भेटेका छन्। थम्पसनले सरकार र राजनीतिक दलका उच्च नेताहरुसँग परिचयात्मक भेट गर्ने क्रममा बिहीबार ओलीलाई भेटेका हुन्।
ओलीसँगको भेटमा अमेरिका र नेपालले सामना गर्न सक्ने साझा चुनौतीबारे छलफल भएको उनले बताएका छन्। ‘अध्यक्ष केपी ओलीलाई धन्यवाद’, उनले भनेका छन्, ‘हामीले अमेरिका र नेपालले सामना गर्ने साझा चुनौती कसरी कसरी सामना गर्ने भन्नेबारे छलफल गर्यौं।’