स्याङ्जा- चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा चापाकोट नगरपालिका-१० का ४० वर्षीय दिलबहादुर राना रहेका छन्। जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार अत्याधिक मदिरा सेवन गरेका कारण राना बुधबार दिउँसो ३ बजे बारीको कान्लाबाट लडेका थिए।
अत्याधिक मदिरा सेवनका कारण हिँड्दा अनियन्त्रित हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए। हाल मृतकको शव पोष्टमार्टमका लागि चापाकोट अस्पतालमा राखिएको छ।