काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको जनाएको छ।
काठमाडौं उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। यस्तै महाशाखाले आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस रहेको जानकारी दिएको छ।
दिउँसो बढेर अधिकतम २४ डिग्री सेल्यिससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशका पहाडी भूभागहरूमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।