शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीपको पक्षमा बहस गर्दै रमन श्रेष्ठदेखि शम्भु थापासम्मका वकिल

सन्दीपको पक्षमा बहस गर्दै रमन श्रेष्ठदेखि शम्भु थापासम्मका वकिल

सन्दीपको पक्षमा बहस गर्ने काननु व्यवसायीको संख्या ७ पुग्यो।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं– पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठपछि सन्दीप लामिछानेको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्त शम्भु थापा पनि थपिएका छन्। दुई दिनअघि मात्रै श्रेष्ठ सन्दीपको पक्षमा जोडिएका थिए। 

श्रेष्ठ जोडिएसँगै सन्दीपको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी तथा अधिवक्ता मुरारी सापकोटा, सरोज घिमिरे र रोशनी पौड्यालको टिम तयार भएको थियो। अब सोही टिममा थापा पनि जोडिएसँगै सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या ७ पुगेको छ।

गत २१ भदौमा गौशाला प्रहरी वृत्तमा एक किशोरीले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। क्रिकेटर देव खनालमार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिएपछि सन्दीपले ५ भदौमा कफी पिउन बोलाई त्यहीँबाट जबर्जस्ती नगरकोट लगेर मध्यराती काठमाडौं ल्याई गौशालास्थित काठमाडौं इन होटलमा सोही रात पटक–पटक जबर्जस्ती करणी गरेको आरोप ती किशोरीले लगाएकी छन्।

२१ भदौमा प्रहरीले सन्दीपलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। गत सोमबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्ध अभियोगपत्र दायर गरेको थियो। बुधबारदेखि उक्त मुद्दामा थुनछेक बहस सुरु भएको थियो। बुधबार मैनाली, सापकोटा र भण्डारीले सन्दीपको पक्षमा बहस गरेका थिए। बिहीबारको थुनछेक बहस जारी छ।

प्रकाशित: Nov 03, 2022| 15:11 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।