शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैंडाकोटमा भारतीय नम्बर प्लेटको बस दुर्घटना, २२ जना घाइते

गैंडाकोटमा भारतीय नम्बर प्लेटको बस दुर्घटना, २२ जना घाइते

नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका-९ स्थित जयश्रीपुल नजिकै बिहीबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन्। 

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस बिहान सवा ५ बजे पल्टिएको प्रहरीले जनाएको छ। 

घाइतेहरूलाई उपचारको लागि भरतपुर अस्पताल चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

प्रकाशित: Nov 03, 2022| 09:24 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।