सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा मतदाता शिक्षा चलाउन ४८ स्वयंसेविका परिचालन

भक्तपुरमा मतदाता शिक्षा चलाउन ४८ स्वयंसेविका परिचालन

आफूले रोजेका उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी मतदान गर्ने प्रक्रिया सिकाउन जिल्लाका चार वटै पालिकाका वडामा सुरु भयो मतदाता शिक्षा।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

National life

भक्तपुर– जिल्ला निर्वाचन कार्यालय भक्तपुरले  मतदाता शिक्षा अभियान सुरु गरेको छ। आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चार वटै पालिकाका वडामा बिहीबारदेखि मतदाता शिक्षा अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताए। 

भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई÷दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिन थालिएको उनको भनाइ छ। कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ। 

मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा–वडामा परिचालन गरेको छ। मत चिन्हको वरिपरिको घेरामा नछोइनक मतदान गर्नेबारे जानकारी दिइने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले त्यसको फाइदा उठाएर कुनै दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको पाइए कारबाही हुने दाबी गरे। मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने उनको विश्वास छ।–रासस

प्रकाशित: Nov 03, 2022| 15:26 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।