रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्लाको आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु१ज १५६९ नम्बरको यात्रुबहाक जिप बुधवार बेलुका मुसिकोट नगरपालिका-१ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनामा परेर आठबिसकोट नगरपालिका-२ का १५ वर्षीय भूपाल थापा, सोही स्थानका ५० वर्षीया कमला बुढा, ३० बर्षीया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ वर्षीय अभिषेक बोहरा घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।