सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विंगरको ठक्करबाट महिलाको मृत्यु भएपछि गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध

विंगरको ठक्करबाट महिलाको मृत्यु भएपछि गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध

विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध पारेका छन्।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

गुलरिया- विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध पारेका छन्। बर्दियाको गुलरिया नगरपालिका-४ स्थित बबई बहुमुखी क्याम्पस नजिकै गुलरिया–राजापुर सडकखण्डमा विंगरको ठक्करबाट एक महिलाको ज्यान गएको हो।

National life

सुर्खेत विरेन्द्रनगर नगरपालिका-२ घर भइ गुलरिया नगरपालिका-४ क्याम्पस रोडमा डेरा गरी वस्ने ४९ वर्षीया सूर्यकला राजीको भे१ज १११२ नम्बरको विंगरले ठक्कर दिँदा मंगलबार बेलुकी निधन भएको थियो।

बन्दका कारण राजापुरबाट गुलरिया आउने र गुलरियाबाट राजापुर जाने सवारी साधन अवरुद्ध भएका छन्। सडक खुलाउनका लागि घटना घटाउने सनराइज यातायात प्रालि नेपालगञ्जको समिति, पीडित र पीडक पक्षलाई बोलाएर छलफलको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। 

गाडीका चालक घनश्याम केसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनापश्चात् समिति एवं पीडक पक्षले बेवास्ता गरेपछि सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: Nov 02, 2022| 11:55 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।