सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कास्की, कैलाली र बाँकेबाट लागूऔषधसहित पाँच जना पक्राउ

कास्की, कैलाली र बाँकेबाट लागूऔषधसहित पाँच जना पक्राउ

कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका-१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

बाँकेको डुडुवा गाउँपालिका-५ बाट ६ सय मिलिग्राम  ब्राउनसुगरसहित सोही गाउँपालिका-४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।    

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो।

प्रकाशित: Nov 02, 2022| 12:25 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।