बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ मा गएराति भएको तीन वटा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
ना५ख ६४ १५ नम्बरको बस, ना६ख ४५३७ र ना४ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए।
घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ। बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।