सोमबार, वैशाख २८, २०८३

बुधबारदेखि सरकारी कार्यालय एक घन्टाअगावै बन्द

१६ कात्तिकदेखि १५ माघसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहनेछ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

National life

काठमाडौं– बुधबारदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घन्टा अगाडि नै बन्द हुने गृह मन्त्रालयले बताएको छ। गृह मन्त्रालयले २६ वैशाखमा राजपत्रमै यसबारे सूचना जारी गरेको थियो। उक्त सूचनामा १६ कात्तिकदेखि १५ माघसम्म एक घन्टा अगाडि नै सरकारी कार्यालय बन्द हुने उल्लेख छ।

१६ कात्तिकदेखि १५ माघसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म सरकारी कार्यालय खुल्ने गरेका थिए।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय २ असारमा राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।

प्रकाशित: Nov 02, 2022| 14:37 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।