विराटनगर- जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ।
विराटनगरको हाटखोलास्थित कारागारका निमित्त जेलर तुलसीराम भगतले स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना भएका ५४ वर्षीय मानबहादुर खपाङ्गीको मंलबार बेलुकी ज्यान गएको बताए।
तेह्रथुम आठराई गाँउपालिकाका खपाङ्गी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका थिए।
भगतका अनुसार खपाङ्गीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो। यसक्रममा खपाङ्गीले तेह्रथुम कारागारमा २ वर्ष बिताइसकेका थिए। खपाङ्गीलाई तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको निमित्त जेलर भगतले जानकारी दिए।