आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ कात्तिक १७]

आज २०७९ कात्तिक १७ गते तदनुसार ३ नोभेम्बर २०२२ बिहीबार। कार्तिक शुक्ल दशमी पञ्चाङ्ग: वृद्धि तैतल शतभिषा।
 |  बिहीबार, कात्तिक १७, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, कात्तिक १७, २०७९

vianetvianet

आज २०७९ कात्तिक १७ गते तदनुसार ३ नोभेम्बर २०२२ बिहीबार। कार्तिक शुक्ल दशमी पञ्चाङ्ग: वृद्धि तैतल शतभिषा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ। दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक तथा परोपकारी काममा मन जानेछ। दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ। राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ। प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ।

National life insurance

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला। सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा विशेष सावधानि अपनाउनु होला। आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ। अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ। प्रेममा धोका हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ। ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ। भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ। तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ। विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ। अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ। साहशिलो काम गरेर लाभ लिन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ। परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ। सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ। मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ। लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ। दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ। प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ। पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ। आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ। अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ। प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ। धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन्। कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ। अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ। तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन्। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ। अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका प्रसिद्ध ज्योतिष  गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रकाशित: Nov 03, 2022| 06:10 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।