प्रहरीले शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालसहित स्थानीय राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
धनुषाको महेन्द्रनगरमा बम विस्फोटबाट प्रहरी निरीक्षिकसहित तीन जनाको ज्यान गएको घटना अनुसन्धानका क्रममा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रदेश दुई संयोजकसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति देउवा र निधि पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका थिए।
धनुषाको क्षिरेश्वरनाथ-५ स्थित महेन्द्रनगरमा राजेश साहसहित उनको परिवार दिनभरको काम सकेर राति सुतिरहेको थियो। राति करिब १२ बजे पिसाब फेर्न उठेपछि घरभित्र कलसम्म पुग्ने गेटमा उनले रातो झोला झुण्डिरहेको देखे।