सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषा विस्फोट : विप्लवका प्रदेश संयोजकसहित तीनजना पक्राउ

धनुषा विस्फोट : विप्लवका प्रदेश संयोजकसहित तीनजना पक्राउ

धनुषाको महेन्द्रनगरमा बम विस्फोटबाट प्रहरी निरीक्षिकसहित तीन जनाको ज्यान गएको घटना अनुसन्धानका क्रममा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रदेश दुई संयोजकसहित तीन जनालाई पक्राउ गरेको छ ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

जनकपुरधाम– धनुषाको महेन्द्रनगरमा बम विस्फोटबाट प्रहरी निरीक्षिकसहित तीन जनाको ज्यान गएको घटना अनुसन्धानका क्रममा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रदेश दुई संयोजकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामसोभित गाहालाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजना घटना भएको  महेन्द्रनगरकै वासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

विस्फोटको घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्कीले बताए ।

बम विस्फोटमा ज्यान गएका राजेश साहले ब्याजमा ऋण दिने गरेकाले लेनदेनसमबन्धी विवादका कारण बम विस्फोट गराइको हुनसक्ने कोणबाट समेत अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले बताए ।

प्रहरी स्रोतका अनुसार विप्लवका कार्यकर्ताले समेत राजेशसँग ऋण लिएका थिए ।

शुक्रबार राती भएको विस्फोटमा परी घरमुली राजेश साह, उनका छोरा १५ वर्षीय आनन्द साह र प्रहरी निरीक्षक अमिर दहालको मृत्यु भएको छ।

प्रकाशित: Dec 14, 2019| 08:12 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।