सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले गठन गर्‍यो उपत्यकामा १५१ सदस्यीय विशेष कमिटी

नेकपाले गठन गर्‍यो उपत्यकामा १५१ सदस्यीय विशेष कमिटी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ।

नेकपाले साबिक एमालेबाट ८५ र साबिक माओवादीबाट ६६ जना सदस्यहरु समेटेर १५१ सदस्यीय किमिटी गठन गरिएको हो।

समिति सदस्यहरुको नामावली उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष राजन भट्टराईलाई शनिबार हस्तान्तरण गरेका छन्।

उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले पार्टी केन्द्रले दिएको जिम्मेवारी बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट सर्वसम्मत सूची तयार गरिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले यो जानकारीसहित महासचिव पौडेललाई सूची बुझाएको तस्बिर सार्वजनिक गरेका छन्।

उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल हुन्। त्यस्तै सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई रहेका छन्।

आइतबार नेकपाको स्थायी समिति बैठक बस्दैछ।

प्रकाशित: Dec 14, 2019| 11:00 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।