सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वर्षदिनपछि नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

वर्षदिनपछि नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने भएपनि अनेकन कारण देखाउँदै एक वर्षपछि बैठक डाकिएको हो ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– एक वर्षपछि आइतबारबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु हुँदैछ ।

पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने भएपनि अनेकन कारण देखाउँदै एक वर्षपछि बैठक डाकिएको हो ।

बैठकबाट राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउने, सचिलायले एक वर्षबीचमा गरेको संगठनात्मक निर्णय अनुमोदन गराउने, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउने तयारी छ।

स्थायी समिति बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने देखिएको छ। वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए।

तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान नेताहरूले कुरा उठाउने तयारी गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदन तयार पारेका छन् । उनले प्रतिवेदनका विषयमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार छलफलसमेत गरेका छन् ।

एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।

स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।

यसैबिच स्थायी समिति बैठकअघि नेकपाको सचिवालय बैठक बस्दैछ ।

मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो।

प्रकाशित: Dec 15, 2019| 01:54 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।