सोमबार, भदौ १, २०८३

बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो।

शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। ठुलो पहिरो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरे पनि दिनभर लाग्ने शेरचनले बताए। देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक प्रभावित भएका छन्। स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ। यो ठाउँमा पटक-पटक पहिरो खस्ने गरेको छ। यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ। जोमसोम हुँदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ।

जोमसोमदेखि घाँसा र मुक्तिनाथ जोड्ने सडकमा भने हिउँ पन्छाएर सवारी सञ्चालन गरिएको छ। हिउँ खेल्न आउने पर्यटकले घरवास र होटल बुक गर्न थालेका ठिनी घरवासका अध्यक्ष जुमा थकालीले बताए।रासस

प्रकाशित: Dec 14, 2019| 05:28 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।