सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिञ्‍चोकबाट फर्कंदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १४ को मृत्यु (अपडेट)

कालिञ्‍चोकबाट फर्कंदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १४ को मृत्यु (अपडेट)

सिन्धुपाल्चोकको सुनकोशी –७ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

सिन्धुपाल्चोकको सुनकोशी –७ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरीका अनुसार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ८:३० बजे खाँडिचौर– जिरी सडक खण्डको ६ किलोमा सडकबाट ५०० मिटर तल खसेको हो।

उक्त बस कालिञ्चोकबाट फर्कने यात्रुहरुले रिजर्भ गरेको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिएका छन्। 

घाइतेमध्ये ६ जनालाई काठमाडौं पठाइएको र बाँकीको सिन्धु सदाबहादर अस्पताल, खाँडिचौरमा उपचार भइरहेको पनि खनालले बताए। उनका अनुसार अहिलेसम्म मृतक कसैको पनि सनाखत भइसकेको छैन ।

सम्बन्धित समाचार:

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेहरु एकै गाउँका

सिन्धुपाल्चोक दुर्घटना ठेकेदारको लापरबाहीले

प्रकाशित: Dec 15, 2019| 03:32 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।