सोमबार, भदौ १, २०८३

प्रहरीले बम नचिन्दा इन्स्पेक्टरसहित तीनको मृत्यु

प्रहरीले शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालसहित स्थानीय राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटमा परि इन्स्पेक्टरसहित तीनको मृत्यु भएको विषयलाई आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

प्रहरीले शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालसहित स्थानीय राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।

प्रहरी जवान रिजन महतो, मृतक साहका कान्छा छोरा प्रकाश र छोरी अञ्जली तथा बाबु भिखारी साह घाइते भएका छन् ।

स्थानीय राजेश्वर साहको घरको गेटमा रातो झोलाभित्र हालेर झुन्ड्याएको बम प्रहरीकै असावधानीका कारण विस्फोट भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्ट्ले जब प्रहरीले बम चिनेन शीर्षक दिएर खबर छापेको छ । कान्तिपुर दैनिकले तीन कदम पर पड्कियो बम शीर्षकमा खबर लेखेको छ ।

नागरिक दैनिकले प्रहरी असावधानीले बम विस्फोट, बाबुछोरासहित तीनजनाको मृत्यु शीर्षकमा खबर छापेको छ । नयाँ पत्रिकाले शंकास्पद झोलालाई ख्याल–ख्याल ठान्दा इन्स्पेक्टरसहित तीनजनाको ज्यान गयो शीर्षकमा खबर लेखेको छ ।

यसरी भयो घटना

आजको अन्नपूर्णमा प्रकाशित समाचारअनुसार शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् ।

रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।

शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुख्र्यौली घरमा बस्दै आएका छन् ।

‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’

धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो ।

बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

राजेशका बुवा ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी भनिने अञ्जलीकुमारी, कान्छो छोरो १२ वर्षीय प्रकाश भनिने प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ ।

यस्तै, स्थानीय सविता खातुन र अकबर मन्तुरी सामान्य भएका छन् । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीन जनालाई धरान पठाइएको छ ।

‘प्रहरी आउनुअघि परिवारका सबै सदस्य घरबाहिर थिए’, स्थानीय विष्णुदेव महतोले भने, ‘तर, प्रहरीले शंकास्पद वस्तु हानिकारक नरहेको भनेपछि भित्र पसे । इन्स्पेक्टर सरले झोला उठाउनेबित्तिक्कै विस्फोट भयो ।’ परिवारका सदस्यमध्ये अञ्जु मात्रै सकुशल छिन् ।

यो विषय बाहेक आजको कान्तिपुरले अबैध बाटोबाट अमेरिका पुग्नेहरुको व्यथालाई पनि प्रथामिकताका साथ छापेको छ।

यस्तै नागरिक दैनिकले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाएर समन्व्यको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको विषयलाई मुख्य समाचार बनाएको छ । यो व्यवस्थाले चिकित्सा शिक्षामा झन भयावह अवस्था निम्तिन सक्ने शिक्षाविद्हरुको दाबी छ।

यस्तै आजको नयाँ पत्रिकाले कृषि अनुदानमा देखिएको बेथितिलाई मुख्य समाचार बनाएको छ । उसले ६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती शीर्षकमा खबर छापेको छ।

प्रकाशित: Dec 15, 2019| 01:26 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।