सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘मानव अधिकारको रक्षामा पत्रकारको भूमिका महत्वपूर्ण’

‘मानव अधिकारको रक्षामा पत्रकारको भूमिका महत्वपूर्ण’

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

भैरहवा– मानव अधिकारको रक्षामा पत्रकारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । भैरहवामा आयोजित मानव अधिकार र पत्रकार विषयक तालिमको समापन समारोहका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले मानव अधिकारको रक्षामा पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले भने, ‘मानव अधिकारको सुनिश्चितता राज्यले गरेको छ । त्यसको सकारात्मक प्रचार गरी मानव अधिकारको प्रत्याभूत गर्ने जिम्मेवारी पत्रकार र सन्चार क्षेत्रले पनि लिनुपर्दछ ।’

मानव अधिकार पत्रकार समाजको आयोजनामा भएको ३ दिने मानव अधिकार र पत्रकारिता विषयक तालिमको समापन गर्दै सभामुख घर्तिले राज्यले सत्य निरुपण तथा मेलमिलापलाई सक्रिय बनाई छिट्टै कार्यान्वयनमा तहमा लैजाने बताए । उनले प्रदेश सरकारले अहिलेसम्म ४८ वटा कानुन बनाएको जानकारी दिँदै ती कानुनलाई कार्यान्वयनमा लैजाँदा मिडियाको सकारात्मक सहयोग र प्रचार आवश्यक रहेको पनि बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाले पत्रकार जगतले राज्यको प्रदत्त कानुनभित्र रहि जनताका हक र अधिकारको विषयमा सूचित गर्ने काममा अझै खटिनुपर्ने बताए ।

मानव अधिकार पत्रकार समाजका अध्यक्ष घनश्याम खड्काले पत्रकारहरुले मानव अधिकारको विषयमा जानकारी नहुँदा कतिपय समाचारले झनै पीडा दिइरहेको बेला पत्रकारहरुलाई मानव अधिकार र पत्रकारिता विषयमा दिइएको तालिम उपलब्धीमूलक भएको बताए ।

प्रदेश ५ का १२ जिल्लाका पत्रकाहरुको सहभागिता रहेको उक्त तालिममा तीन दिनसम्म मानव अधिकार र पत्रकारिता विषयमा विषयविज्ञहरुले प्रशिक्षण दिएको मानव अधिकार पत्रकार समाजको महासचिव कालिका खड्काले बताइन् ।

प्रकाशित: Dec 15, 2019| 04:02 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।