सोमबार, भदौ १, २०८३

देउवा सुटुक्क पुगे पौडेल निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति देउवा र निधि पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका थिए।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति देउवा र निधि पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका थिए।

भेटवार्ताका क्रममा पार्टी सहमति र सहकार्यमा संचालन गर्नुपर्ने बारे छलफल भएको नेता पौडेलले जानकारी दिएका छन्। देउवा र पौडेलबीच पार्टी विभाग गठन तथा महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद भइरहेको छ। सभापति देउवाले आफू अनुकूल ४१ विभाग खडा गर्ने प्रस्ताव ल्याएपछि वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला असन्तुष्ट बनेका छन्।

केही दिन अघि बसेको केन्द्रीय समिति बैठकसमेत पौडेलले बहिष्कार गरेका थिए। सभापति देउवाले संस्थापन इतर समूहको मागअनुसार महाधिवेशनको एजेण्डालाई छलफलको विषय बनाउन नमानेपछि पौडेलले बैठक बहिष्कार गरेका थिए। यसअर्थमा शनिबार पौडेलकै निवासमा सभापति देउवा पुगेर गरिएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ।

आइतबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ।

प्रकाशित: Dec 14, 2019| 06:08 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।