सोमबार, भदौ १, २०८३

भोलि धनुषाका निजी विद्यालय बन्द हुने

आईतबार धनुषाको सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने भएका छन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

जनकपुरधाम- आईतबार धनुषाको सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बम विस्फोटमा एक विद्यार्थीको समेत मृत्यु भएपछि जिल्लाका सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको हो।

विस्फोटमा जनकपुरस्थित सिद्धार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत् छात्र आनन्द साहको निधन भएको छ। आनन्द घरमुली राजेश साहका छोरा हुन्।

यसैगरी बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालको समेत मृत्यु भएको छ।

घटनापछि संस्थागत विद्यालय संरक्षण समितिको बसेको बैठकले घटनाप्रति दुःखव्यक्त गर्दै आइतबार एक दिन सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको एनप्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए।

संस्थागत विद्यालय संरक्षण समितिले जारी गरेको विज्ञप्तिमा बम विस्फोटको घटनाले आफूहरुलाई स्तब्ध बनाएको जनाइएको छ।

प्रकाशित: Dec 14, 2019| 13:45 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।