पर्वत- पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।
अत्यधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।