प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन्।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुसँगै देशका अधिकांश ठाउँमा चिसो बढेको छ ।
हिन्दू धर्मावलम्बीले पुस कृष्ण अमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवंगत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन्।
राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्। नागरिक दैनिकले ‘हुम्लामा चामल राजनीति’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
नेपाली कांग्रेस कैलालीले जिल्लाका स्थानीय तहमा भ्रष्टाचार र आर्थिक अनियमितता बढेको ठहर गरेको छ। कांग्रेसले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भएको दाबी गरेको हो।