सोमबार, भदौ १, २०८३

हुम्लामा नेताको चिट भए मात्रै चामल नत्र रित्तै हात

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्। नागरिक दैनिकले ‘हुम्लामा चामल राजनीति’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।

नागरिक दैनिकले ‘हुम्लामा चामल राजनीति’ शीर्षकको समाचार प्रकाशित गरेको छ। “हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको चिट (सिफारिस) लिनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ,” नागरिकले लेखेको छ।

नागरिकले पहिलो पृष्ठमै ‘गुट–उपगुटले ग्रस्त कांग्रेस’ शीर्षकको समाचार प्रकाशित गरेको छ।

यस्तै, अन्नपूर्ण पोस्ट दैनिकले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर लामो समयदेखि बिग्रिएको विषयको समाचारलाई मुख्य बनाएको छ। अन्नपूर्णले लेखेको छ, “देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि बिग्रिएको छ। सम्बद्ध अधिकारीले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्।”

अन्नपूर्णले ‘ऋण लिन अब कर चुक्ता’ शीर्षकको समाचारलाई ‘एन्कर’ बनाएको छ।

नयाँ पत्रिका दैनिकले क्यान्सर रोग परीक्षण गर्न विश्व बैंकले ६ वर्षअघि बनाएको ल्याब नचलेको विषयलाई मुख्य समाचार बनाएको छ। समाचार अनुसार क्यान्सरलगायत रोग परीक्षणका लागि दैनिक एक हजार नमुना भारततर्फ पठाउने गरिएको छ।

कान्तिपुर दैनिकले भने ‘समाजवादी बाहिरियो’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

यो विषयलाई नागरिकनयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमै प्रकाशित गरेका छन्। अन्नपूर्णले भने समाजवादी पार्टीको आगामी रणनीतिबारे अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रकाशित गरेको छ।

प्रकाशित: Dec 25, 2019| 01:22 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।