सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज पुस कृष्ण अमावाश्या, दिवंगत पितृलाई तर्पण, सिधादान र पिण्डदान

आज पुस कृष्ण अमावाश्या, दिवंगत पितृलाई तर्पण, सिधादान र पिण्डदान

हिन्दू धर्मावलम्बीले पुस कृष्ण अमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवंगत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– हिन्दू धर्मावलम्बीले पुस कृष्ण अमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवंगत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन्।

पुस कृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ।

यस वर्ष बुधबार र बिहीबार दुई दिन अमावास्या अर्थात् औँसी तिथि परेको छ। बिहीबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएकाले बुधबार नै पौषकृष्ण अमावास्याका दिनमा तीर्थ श्राद्ध गनुपर्ने निर्णय गरिएको उनले जानकारी दिए। ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने जनाइएको छ।

“यसपटक प्रत्येक वर्ष नियमित पौषकृष्ण अमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ, गत मंसिर २८ गते पश्चिमबाट वृहस्पति अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ,” अध्यक्ष गौतमले भने।

वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ। यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन।

यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको संगम कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको संगम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ।

रासस

प्रकाशित: Dec 25, 2019| 02:25 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।