मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समाजवादी पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

समाजवादी पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार अपराह्न पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक घोषणा गरेको हो।

सरकारलाई समर्थन फिर्ताको बारेमा जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष यादवले अब प्रतिपक्षमा रहेर संविधान संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहुमतको हैसियत गुमाएको छ। ८ पुसमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा बुझाएका थिए।

सरकारबाट बाहिरिनुअघि ७ पुस साँझ मन्त्रिपरिषद् बैठकमा कानुनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

यसअघि आजै समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत बसेको थियो। साेही बैठकले सरकालाइ दिएकाे समर्थन फिर्ता गर्ने निर्णय गरेकाे हाे।

प्रकाशित: Dec 25, 2019| 08:41 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।