मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीपीएल : रनरेटमा काठमाडौं र धनगढीलाई पछि पार्दै विराटनगर इलिमिनेटरमा

पीपीएल : रनरेटमा काठमाडौं र धनगढीलाई पछि पार्दै विराटनगर इलिमिनेटरमा

विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा प्रवेश गरेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा प्रवेश गरेको छ।

बुधबार दिउँसो लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगर इलिमिनेटरमा पुगेको हो।

विराटनगरले १३४ रनको लक्ष्य ११.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लिग चरणको अन्तिम खेलअघि पाँचौं स्थानको विराटनगरलाई इलिमिनेटरमा पुग्न खेलको १२.२ ओभरमै खेल जित्न आवश्यक थियो।

विराटनगरलाई जित दिलाउन नोमान खानले सर्वाधिक ३५ रन जोडे । यस्तै, पुनित मेहराले ३२, मुहम्मद जैद आलमले २४, लोकेश बमले १३ रनको योगदान दिए। पुष्प थापा १८ र मिनास थापा १ रनमा अविजित रहे। कप्तान प्रदीप सिंह ऐरी भने ५ र सुनिल धमला २ रनमा आउट भए।

बुटवलका नितेश थापाले सर्वाधिक दुई विकेट लिए। यस्तै, हर्ष टंक, कमल खत्री र अविनास बोहराले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोडेको थियो। बुटवलका लागि हर्ष टंकले सर्वाधिक ६७ रन जोडे।

यस्तै, शिवम सिंहले ३७ रनको योगदान दिँदा सिद्धान्त लोहनीले ११ रन बनाए। अविनास बोहरा १ रनमा अविजित रहे। बुटवलका सम्साद शेख ७, भीम सार्की ५ र शंकर राना २ रनमा आउट हुँदा अफताबुद्धिन अहमद र रवीन्द्र शाहीले खाता खोल्न सकेनन्।

विराटनगरका मोहम्मद जैद आलमले सर्वाधिक ४ विकेट लिए। यस्तै, किशोर महतोले २ तथा दीपेश श्रेष्ठ र साहव आलमले समान १ विकेट चट्काए।

विराटनगर रनरेटका आधारमा काठमाडौं गोल्डने वारियर्स र एक्सपर्ट धनगढीलाई पछि पार्दै इलिमिनेटरमा पुगेको हो। प्रतियोगिताको अंकतालिकामा यी तीनै टिमको समान ४ अंक छ। विराटनगरको रनरेट ०.४७५ छ । यस्तै, काठमाडौं र धनगढीको रनरेट क्रमशः ०.३९ र –१.०६९ छ।  

बुटवल भने लिग चरणमा दोस्रो हुँदै यसअघि नै इलिमिनेटरमा पुगिसकेकाे छ। 

अब विराटनगरले फाइनल प्रवेशका लागि बुटवलसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

उक्त खेलको विजेताले शनिबार चितवन राइनोजसँग उपाधि भिडन्त गर्नेछ।

चितवन लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो।

प्रकाशित: Dec 25, 2019| 08:59 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।