सोमबार, भदौ १, २०८३

तरुण दलद्वारा कुष्ठरोग प्रभावितलाई कम्बल वितरण

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाले कुष्ठरोग प्रभावितहरुलाई कम्बल वितरण गरेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

जनकपुरधाम - नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाले कुष्ठरोग प्रभावितहरुलाई कम्बल वितरण गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका-७ स्थित जमिरीया देवी भवनमा बस्दै आएका ४६ जना कुष्ठरोग प्रभावितलाई तरुणदल धनुषाले एक कार्यक्रमका बीच मंगलबार न्यानो कपडा र कम्बल वितरण गरेको तरुणदल धनुषाका उपाध्यक्ष राकेशविक्रम साहले जानकारी दिए।

तरुणदल धनुषाका उपाध्यक्ष साहको समन्वयमा जनकपुर उद्योग वाणिज्य संघका एसोसिएट सदस्य राजिवकुमार साह चन्दनले कुष्ठरोग प्रभावितहरुलाई न्यानो कपडा र कम्बल उपलब्ध गराएका थिए।

उपाध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव र कांग्रेसका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले उनीहरुलाई कम्बल तथा न्यानो कपडा वितरण गरेका थिए।

कार्यक्रममा कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, नेता जीवनाथ चौधरी, वडाअध्यक्ष मनोज साह, जानकीराम साह, तरुणदल जनकपुरका अध्यक्ष पंकज महतो, अजय गुप्तालगायतका युवाहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 24, 2019| 14:15 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।