सोमबार, भदौ १, २०८३

आज ख्रीष्टमस डे, छैन सार्वजनिक बिदा

येशुको जन्मोत्सव ख्रीष्टमसको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुले नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- येशुको जन्मोत्सव ख्रीष्टमसको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुले नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।

ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन् । यसअघि सार्वजनिक बिदा दिने गरेपनि केपीओली नेतृत्वको सरकारले सम्बन्धित धर्मालम्बीलाई मात्रै बिदा दिएको छ। आज क्रिश्चियन धर्मावलम्बीले मात्रै बिदा पाउँने छन् ।

विसं २०६२/०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । केहि वर्ष सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रकाशित: Dec 25, 2019| 02:08 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।