मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुग्‍लिन–नारायणगढ सडकको पहिरो रोक्न अझै दुई साता लाग्ने

मुग्‍लिन–नारायणगढ सडकको पहिरो रोक्न अझै दुई साता लाग्ने

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो रोक्ने काम भइरहेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो रोक्ने काम भइरहेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारमा रोकिएको छ भने मालवाहक मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्याङ्करलार्ई दासढुङ्गामा रोकएको छ ।

त्यस्तै नारायणगढ तर्फ जाने सवारीलाई लेवाटार तथा आवुखैरहनीमा रोकिएको छ । मुग्लिन नारायणगढ प्रवेश नगर्ने सवारीलाई भने रोकिएको छैन । दिउँसोको समयमा सडक बन्द गरेर अहिले आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक आयोजनको माग अनुसार मंसिर २७ गतेदेखि दुई हप्ताको लागि सो सडकमा दिउँसोको समयमा सवारी आवागमन बन्द गर्न निर्देशन दिएको थियो । म्याद सकिन अब २ दिनमात्रै बाँकी रहँदा काम पूर्ण रुपमा नसकिएको भन्दै दुई हप्ताको समय थप गर्ने विषयमा छलफल भइरहेको खनालले बताए ।

गाईघाटदेखि कालिखोलासम्म पहिरो सम्भावित ८ ठाउँमा पहिरो रोकथामको कार्य भइरहेको छ । हालसम्म ६ स्थानको काम सकिएको र २ ठाउँमा बाँकी रहेकोले समय थप गर्नुपर्ने खनाल बताउँछन् । सडक खण्डमा माथि अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको छ ।

 

प्रकाशित: Dec 25, 2019| 08:16 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।