नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिट आफूहरुको गठबन्धनले जित्ने दाबी गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भएको पत्रकार हातपात प्रकरणमा पत्रकार र उपमहानगरपालिका दुबैले घटनाको छानबीन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफूमाथि लगाएको २० करोड घुसको आरोप निराधार रहेको बताएका छन् ।
सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सीमा जोडिएको रुपन्देहीको भूगोलमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।