नवलपरासी - मालपोत कार्यालय नवलपरासीमा कार्यरत एक खरिदार ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।
भूमिसुधार तथा मालपोत कार्यालय पश्चिम नवलपरासीका खरिदार नेत्रबहादुर चौधरीलाई सेवाग्राहीबाट जग्गाको बाँडफाडमा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धानको आयोग टोलीले रंगेहात पक्राउ गरेको हो।
आयोगको बुटवल कार्यालयको टोलीले ‘स्टिङ अपरेसन’का क्रममा उनलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। चौधरीबारे थप अनुसन्धान भैरहेको उनले बताए।